अराजक बजार, निरीह सरकार: दसैँको मुखैमा बढायो गाडी भाडा
-
असोज ७, २०७५ काठमाडौँ ।
गत ४ वैशाखमा सरकारले सम्पूर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुनै पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ ।
यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो ।
भाडा बृद्धि आईतबारबाटै लागु गर्ने निर्णय भएको विभागले जनाएको छ ।
गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।
भोलिबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने, भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौँ भन्नुभएको छ ।, नयाँ पत्रिका