Trending :
 

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

आश्विन ०७,२०७५

-

 
 असोज ७, २०७५ काठमाडौँ ।
 
वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफूअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । 
 
उनीहरु सबै दातृ निकायको आर्थिक सहयोगमा विदेश गएका हुन् । 
 
दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन् । 
 
काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । 
 
विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । 
 
मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् ।
 
सचिव डा. विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् । 
 
ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए । 
 
साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए । 
 
वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा 
पर्छन् । 
 
लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए । नयाँ पत्रिका