Trending :
 

दुई जेठाजुको हर्कतः बारम्बार बलात्कार गरेको बुहारीको खुलासा

आश्विन ११,२०७५

-

 
 असोज ११, २०७५ धादिङ ।  
 
बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन् । 
 
धादिङ जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो । 
 
आफूलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलार्ई पक्राउ गरेको हो । 
 
पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ । 
 
आफूलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । 
 
अन्याय सहन नसकेर अन्ततः आफू न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।  नागरिक दैनिक