Trending :
 

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

आश्विन १९,२०७५

-

असोज १९, २०७५ काठमाडौं ।
आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ । 
 
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लागि निकासा भइसकेको छ । 
 
यो रकममध्ये साउनमा निकासा भएको रकम 
 गंगामाया अधिकारी : २० लाख
 एमाले जिल्ला कार्यालय पर्सा :२ लाख ३ हजार 
 पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५ लाख
 राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च : १४ लाख ९८ हजार
 विभिन्न व्यक्तिका नाममा : ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।
 
 भदौमा 
नेता नरहरि आचार्यको उपचार खर्च : ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचार : २७ लाख ६० हजार
दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल: ३० लाख
देशघरका विभिन्न व्यक्तिका नाममा रु ८९ लाख रुपैयाँ बाँडिएको छ । नयाँपत्रिका दैनिक