Trending :
 

नागढुङगा – नौबिसे जाम खुलाउन विशेष फोर्स

आश्विन २१,२०७५

-

 असोज २१, २०७५ काठमाडौं ।
 
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । 
 
काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको छ ।
 
लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न थालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त लामा र धादिङ  प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डको निरीक्षण गरी विशेष योजना ल्याएको हो ।
नागरिक दैनिक