Trending :
 

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

आश्विन २१,२०७५

-

 
 असोज २१, २०७५ संखुवासभा ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ ।  
ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् उत्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ । 
 
नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण हुने सतलजका ड्युटी जनरल म्यानेजर विक्रम मेदगिलले जानकारी दिए । नेपालतर्फ ट्रान्समिसन लाइनको पाँच सय एकवटा टावर बन्नेछ। मोदगिलका अनुसार संखुवासभामा ४३, भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १३० सिरहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर बन्नेछ ।