Trending :
 

नेविसंघमा ३२ वर्षे उमेर हद

आश्विन २२,२०७५

-

 असोज २२, २०७५ काठमाडौँ ।
 
 
चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ बर्षे उमेर हद लगाएको छ । 
 
पार्टीको सस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुुमतका आधारमा निर्णय गरिएको हो । 
 
उमेर हद लगाउने व्यवस्थापनसहितको संघको विधान पारित गर्न आईतबार अपराहन् ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो । 
 
वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा सहमति जनाउँदै फरक मत लेखेका छन् । 
 
उनीहरुले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई अपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जजस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा