Trending :
 

अन्ततः वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै

आश्विन २३,२०७५

-

 
 असोज २३, २०७५ काठमाडौँ ।
 
नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । 
 
डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् । 
 
मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ । 
 
नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । 
 
पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ । 
 
काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् ।  नयाँ पत्रिका