Trending :
 

एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण गर्ने एक शिक्षक पक्राउ

आश्विन २४,२०७५

-

 असोज २४, २०७५ काभ्रे ।
 
जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । 
 
आफूले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । 
 
कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।
 
पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । 
 
जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  नयाँ पत्रिका