Trending :
 

पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

आश्विन २५,२०७५

-

 असोज २५, २०७५ काठमाडौँ ।
उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । 
 
ठगी मुद्धाका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तम ५ लाख रुपैयाँ घुस लिँदालिँदै उनी समातिएका हुन् । घुस रकम लिएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएका कर्मचारीसहितको टोलीले थापालाई कार्यालयबाटै पक्रिएको हो । 
 
थापा समातिँदा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नयाँ निर्माण हुन् थालेको अख्तियार भवन शिलान्याशका क्रममा पोखरामै थिए । अन्नपूर्ण पोष्ट