Trending :
 

चीनले साँचो दियो, ब्रुमर अझै आएन

कार्तिक १३,२०७५

-

 कात्तिक १३, २०७५ काठमाडौँ । 
 
बर्खा सकिएसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । 
 
तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र ।
 
चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेका छन् ।
 
ब्रुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ ।
 
यता, महानगरले आफै खरिद गर्न लागेको ब्रुमर पनि आउन बाँकी रहेको छ ।
 
११ करोड रुपैयाँमा खरिद गर्न लागिएको पाँचवटा ब्रमर आउन अझै चार महिना लाग्ने बताइएको छ ।
 
महानगरसँग भएका सानोखालका ब्रमरको ब्रस भाँचिएकाले प्रयोगमा आउन सकेका छैनन् ।
 
नयाँ ब्रस भारतबाट मगाउनुपर्ने महानगरले जनाएको छ । नयाँ पत्रिका दैनिक