Trending :
 

गाडी किन्न संसद्ले माग्यो थप बजेट

कार्तिक १५,२०७५

-

 कात्तिक १५, २०७५ ।
 
  
संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । 
 
चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । 
 
सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाईकल र कम्प्युटर खरिद गर्न लागेको हो । 
 
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागेको सचिवालयले जनाएको छ । अन्नपुर्ण पोष्ट