Trending :
 

पोखरा एयरपोर्टलाई भारतीय अवरोध

कार्तिक १६,२०७५

-

 कात्तिक १६, २०७५ पोखरा ।
 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।
 
बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ ।
 
 अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्ने लगायत काम भइरहेको छ।
 
जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ। पोखराको सेनी नदीपूर्वको बालुवा–गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ।
 
तादुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय र अर्थ, गृह, रक्षा हुँदै प्रक्रिया भारतीय दूतावासमा पुगेको जानकारी ठेकेदार कम्पनी सीएएमीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए। अन्नपुर्ण पोष्ट