६८ वर्षमा ७२ जना महिला मन्त्री, पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी
-
कात्तिक १७, २०७५ काठमाडौं ।
नेपालमा ६८ वर्षको अवधिमा ७२ जना महिला मन्त्री बनेका छन् ।
नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी हुन् । उनी २०१६ साल जेठ १३ गते वीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनेकी थिइन् ।
तीन पटकसम्म मन्त्री बन्न पाउनेमा पाँच जना महिलामा सहाना प्रधान, हिसिला यमी, राधा ज्ञवाली र कमला पन्त छन् । यस्तै शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बन्ने दिदीबहिनी हुन् ।
विद्यादेवी भण्डारी भने नेपालकै पहिलो महिला राष्ट्रपति बनिन् । उनी दुई पटक मन्त्री र दुई पटक राष्ट्रपति बन्ने पहिलो नेपाली महिला हुन् ।
जनजाती समुदायबाट मन्त्री बनेको पहिलो महिला सरस्वती राई हुन् । उनी २०३४ सालमा कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषदमा जल तथा विद्युत सहायक मन्त्री बनेकी थिइन् ।
मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा भने एक जना महिला पनि मन्त्री बन्न पाएनन् । अहिले केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा थममाया थापा, पद्मा कुमारी अर्याल, विना मगर र रामकुमारी चौधरी गरी चार जना महिला छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।