Trending :
 

१० देशका राजदुत सिफारिस हुँदै

कार्तिक १८,२०७५

-

 
 कात्तिक १८, २०७५ काठमाडौँ । 
 
सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ । 
 
रिक्त रहेका ४ र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । 
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मंसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ ।
 
हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् । 
 
ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।  नयाँ पत्रिका