Trending :
 

हचुवाको भरमा सय पर्यटकीय गन्तव्य घोषणा

कार्तिक १८,२०७५

-

 
 कात्तिक १८, २०७५ काठमाडौं ।
 
पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ ।  
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्वपूर्ण पुरातात्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन् । 
 
मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यलाई उत्कृष्ट एक सयको सूचीमा राखेको छ । पर्नैपर्ने गन्तव्यलाई छुटाइएको सरोकारवालाले जनाएका छन् । 
 
सूचीमा समावेश भएको रुकुम पश्चिमको गोतामकोट
 चित्रिपाटन साहसिक मार्ग, सुर्खेतको गिद्देडाँडा, पर्यटकीय क्षेत्र र मदन आश्रित पार्कबारे स्थानीय बासिन्दालाई समेत जानकारी छैन । 
 
पर्यटकको आकर्षणको केन्द्र रहेका सुर्खेतको बुलबुले र बराहताल सूचीमा अटाएका छैनन् । कान्तिपुर दैनिक