Trending :
 

मोदी पुनः नेपाल आउँदै

कार्तिक १९,२०७५

-

 
 कात्तिक १९, २०७५ काठमाडौं  ।
भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।
 
उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।
 
उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । 
 
प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।
 
 ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने ।
 
औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।
 
 उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन । अन्नपूर्ण पोष्ट