Trending :
 

बोक्सी भन्दै कुटपिट,पञ्चायत राखेर उल्टै जरिवाना

कार्तिक १९,२०७५

-

 कात्तिक १९, २०७५ जनकपुर  ।
 
 
 
घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् ।
 
विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
 
धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए ।
 
अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् ।
 
 ‘बोक्सी भन्दै मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाए र जरिवाना तोकिदिए । कान्तिपुर दैनिक