Trending :
 

मेयरमाथि कुटपिट

कार्तिक १९,२०७५

-

 कात्तिक १९, २०७५ स्याङ्जा ।
 
 
चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । 
 
उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । 
 
शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । 
 
झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए । 
 
जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ । कान्तिपुर