Trending :
 

‘साइकलमन्त्रीसँग गाडीको लस्कर

कार्तिक २०,२०७५

-

 
 कार्तिक २०, २०७५ काठमाडौँ ।
  
 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । 
 
त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । 
 
यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । 
 
मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । 
 
उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । 
 
उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । 
 
यसबाहेक उनलार्य गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ ।  कान्तिपुर दैनिक