Trending :
 

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

कार्तिक २०,२०७५

-

 
 कात्तिक २०, २०७५ काठमाडौं ।
 
तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । 
 
करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । 
 
सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो । 
 
सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा पत्नी गीतदेवी, छोरा अनुपकुमार र अचल कुमारलाई समेत भ्रष्टाचारमा सजाय मागिएको छ । अन्नपुर्ण पोष्ट