Trending :
 

आकर्षक आयोजना जति चिनियाँ कम्पनीलाई दिने दाउ

कार्तिक २५,२०७५

-

 
 कात्तिक २५, २०७५ काठमाडौँ ।
 
 सरकारले केही समयअघिमात्र संसोधन गरको विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिकाले नेपालका जलविद्युत् आयोजना विदेशी कम्पनीलाई सजिलै जिम्मा लगाउन सहज भएको छ । 
 
नेपालका जलविद्युत् आयोजनाहरु समयमा नबन्ने तथा सीमित कम्पनीको चङ्गुलमा फसेर लामो समय अड्किने गरेका छन् । यसअघि सार्वजनिक खरिद ऐनअनुसारका निर्माण हुने आयोजना निर्देशिका संसोधन भएपछि विदेशी कम्पनीलाई दिन सजिलो भएको छ । 
 
प्रतिस्पर्धाको विषयलाई निर्देशिकाले प्रमुखता दिएको भनिए पनि सरकारले प्रतिस्पधालाई बाइपास गर्ने, करार सम्झौता गरी जुनसुकै आयोजना आफूले चाहेको कम्पनी, व्यक्ति वा फर्मलाई दिन सक्ने व्यवस्था गरेको छ । नेपाल समाचारपत्र