Trending :
 

नेपालीमै सबैभन्दा कमजोर छन् नेपाली विद्यार्थी

कार्तिक २५,२०७५

-

 
 कात्तिक २५, २०७५ काठमाडौँ ।
 
 नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएका छन् ।   निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपाली विषयमा औसतभन्दा कमजोर देखिएका हुन् । 
 
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले यो वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेनन् । चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएका छन् ।  
 
अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्याथी कमजोर छन् । गणितमा तीनवटा प्रदेशले औसत अंक ल्याउन सकेकोमा नेपालीमा चारवटा प्रदेश असफल भएका छन् । विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन् । नयाँपत्रिका दैनिक