Trending :
 

बर्षमानको आशंका— विप्लवलाई प्रयोग गर्ने सम्भावना बढ्यो

कार्तिक २७,२०७५

-

 
 कात्तिक २७, २०७५ रोल्पा ।
 
 
जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहने शत्तिmले प्रयोग गर्न सक्ने आशंका ब्यक्त गरेका छन् । 
 
मन्त्री पुनले सोमबार सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । 
 
जनताको त्याग, तपस्या र बलिादानीस्वरुप आएको संघीयता, धर्मनिरुपक्षेता, समावेशीकरण र गणतन्त्र मन नपरेका शक्ति सलबलाउन लागेको बताउँदै तीनै शत्तिmले विप्लवजीलाई पनि प्रयोग गर्ने सम्भावना देखिएको छ , मन्त्री पुनले भने ।
 
संक्रमणकालको केही अंश अझै बाँकी रहेको बताउँदै यस्तो अवस्थाको फाईदा उठाएर परिवर्तन उल्टाउने हर्कत देखिन थालेका छन् । नेपाल समाचारपत्र