Trending :
 

गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

कार्तिक २७,२०७५

-

 कात्तिक २७, २०७५ काठमाडौं ।
 
 
 कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ । 
 
बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो ।  
 
ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । नागरिक दैनिक