Trending :
 

राजधानीमा अब दुई स्थानमा सार्न मिल्ने प्रकृतिका आकाशेपुल

कार्तिक २७,२०७५

-

 
 कात्तिक २७, २०७५ काठमाडौं ।
  
 
काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ । 
 
पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।
 
उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् । 
 
जसका कारण उनीहरुलाई असहज हुनुका साथै दुर्घटना समेत बढ्ने सहज हुनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । कान्तिपुर दैनिक