Trending :
 

सामाजिक विकासमन्त्री सोडारी बर्खास्तमा

कार्तिक २८,२०७५

-

 
 कात्तिक २८, २०७५ धनगढी । 
 
 
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा पर्नुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलबार दिउँसो बर्खास्त गर्नुभएको हो । 
 
 मन्त्री सोडारीले पदअनुसारको आचरण नदेखाएको र पार्टीको निर्देशनअनुसार काम नगरेको भन्दै उहाँलाई बर्खास्त गरेको बताइएको छ । उहाँको विगतको विवादास्पद छविका कारण मन्त्री नियुक्त नगर्न तत्कालीन नेकपा एमालेका ७ नम्बर इन्चार्ज भीम रावलाई आग्रह गरिएको भएपनि उहाँले सोडारीलाई मन्त्री बनाउन निर्देशन दिनुभएको थियो । नेपाल समाचारपत्र