समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयर
-
कात्तिक २८, २०७५ विराटनगर ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपूजा गरेका छन् ।
उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे ।
मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो ।
उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए ।
पराजुली पहेँलो वस्त्र लगाएका थिए ।
परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सूर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पूजाका लागि घाट गएका थिए । नयाँपत्रिका दैनिक