Trending :
 

वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्वारा प्रस्ताव अस्वीकार

कार्तिक २८,२०७५

-

 कात्तिक २८, २०७५ काठमाडौं ।
 
राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । 
 
रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् । 
 
गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् । 
 
संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।
 
अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए । नयाँपत्रिका दैनिक