Trending :
 

संघीय शिक्षा ऐनको मस्यौदा तयारः शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

कार्तिक ३०,२०७५

-

 कात्तिक ३०, २०७५ काठमाडौँ ।
सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ ।  
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो ।
 
मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः सम्बन्धित विषयमा कम्तीमा स्नातक र कम्तीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरिएको छ । नेपाल समाचरपत्र