Trending :
 

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

मंसिर ०२,२०७५

-

 
 मंसिर २, २०७५ डोटी ।
 
 डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ ।
 
आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । 
 
उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ । 
 
उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 
तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ । नयाँ पत्रिका ।