Trending :
 

नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

मंसिर ०२,२०७५

-

 मंसिर २, २०७५ दार्चुला ।
 
भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । 
 
दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । 
 
भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो
निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए । 
 
भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने । नयाँ पत्रिका