Trending :
 

राजपाको नयाँ संयोजक महतो

मंसिर ०५,२०७५

-

 
 मंसिर ५, २०७५ काठमाडौं ।
 
राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक बनेका छन् । 
 
राजपाको मंगलबार बसेको बैठकले बुधबार देखि लागू हुने गरी राजेन्द्र महतोलाई पार्टीको संयोजकमा चयन गरेको हो । 
 
चक्रीय प्रणालीअनुसार ६ नेताले पालैपालो नेतृत्व सम्हाल्ने पार्टी विधानको व्यवस्था ढिलो कार्यान्वयन गर्दै आज बुधबारदेखि महतोले संयोजकको जिम्मेवारी पाएका हुन् । 
 
बैठकमा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले संयोजकमा महताको नाम प्रस्ताव गरेका थिए । सबैको समर्थन पछि महतोको पक्षमा निर्णय भएको थियो ।
 
बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाएको केन्द्रीय समितिको सूचिलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय पनि गरेको छ ।  नयाँ पत्रिका