Trending :
 

शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

मंसिर ०६,२०७५

-

 
 मंसिर ६, २०७५ काठमाडौं ।
 
 
 
यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । 
 
बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । 
 
मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ । 
 
प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् । 
 
शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् । 
 
मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राति १२ बजेसम्म २८।५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् । अन्नपुर्ण पोष्ट