Trending :
 

अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

मंसिर ०६,२०७५

-

 
 मंसिर ६, २०७५ काठमाडौं ।
 
बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । 
 
उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् । 
 
यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । 
 
मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । 
 
यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए । 
 
एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । 
 
बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।,  अन्नपुर्ण पोष्ट