Trending :
 

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

मंसिर ०७,२०७५

-

 
 भमंसिर ७, २०७५ काठमाडौँ  ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । 
सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए । 
 
‘वाइड बडी किन ल्याइयो, किन उडाइएन र?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् र? ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।