Trending :
 

कृषि फ्रेसको बदमासी :होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि

मंसिर ०७,२०७५

-

 
 मंसिर ७, २०७५ काठमाडौं ।
 
कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ । 
 
उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ । 
 
कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ । 
 
कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ । 
 
कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गानिकका नाममा पठाउने तथ्य फेला परेको छ । नागरिक दैनिक