Trending :
 

जग्गा कित्ताकाट दलालदेखि हाकिमसम्मलाई घुस

मंसिर ०९,२०७५

-

 
 मंसिर ९, २०७५ काठमाडौं ।
 
सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस
खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । 
 
सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । 
 
यो निर्णयबाट केही व्यवहारिक समस्या आएको गुनासो आएपछि भुमिम व्यवस्था मन्त्रालयको अंशबण्डा गर्नुपरेमा र अदालतको आदेशबाट भने एक आर्थिक बर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न सकिने परिपत्र नापी र मालपोत कार्यालयहरुलाई पठाएको थियो ।
 
सोही परिपत्रमा टेकेर जग्गा दलाल र कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएर जग्गा कित्ताबाट गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
 
काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एक लाख रुपैयाँसम्म घुस लिन्छन् । 
 
यो घुस रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालयका कर्मचारीहरुसम्म पुग्छ ।  नागरिक दैनिक