Trending :
 

वाईडबडीबारे लेखा समिति ,साढे ६ अर्ब घोटाला

मंसिर १०,२०७५

फाइल फाेटाे

-

 
 मंसिर १०, २०७५ काठमाडौं । 
 
संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ । 
 
मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । 
 
समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौँ प्रश्न  गरेको छ । 
 
वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि लेखा समितिले पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलाई लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय गरेको हो । कान्तिपुर दैनिक