Trending :
 

‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’

मंसिर १०,२०७५

-

मंसिर १०, २०७५ धादिङ ।
 
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । 
 
उहाँले कांग्रेस पार्टीमा देखिएको गुट अन्त्य गरी पार्टी एक गर्ने सुरुवात धादिङ जिल्लाबाट नै हुनुपर्ने बताउनुभयो ।
 
नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले भन्नुभयो, ‘पार्टी एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ । ’ गोरखापत्र दैनिक