Trending :
 

किराँत जनवादी वर्कर्सका दुई नेता जेल चलान

मंसिर ११,२०७५

-

 
 मंसिर ११, २०७५ खोटाङ ।
 
जबर्जस्ती चन्दा उठाएको कसुरमा किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् । 
 
खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका र्र्इश्वरकुमार राई र क्रान्तिलाल भनिने तौलकुमार राई सोमबार जेल चलान भएका हुन् । 
 
विभिन्न ठाउँमा जबर्जस्ती चन्दा उठाएको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले २०७३ जेठ ३१ गते उनीहरुविरुद्ध दुई÷दुई वर्ष कैद र जनही दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 
 
यसैबीच वार्ताको चरणमा रहेको बेला आफ्ना नेतालाई जेल चलान गरिएको भन्दै वर्कसका प्रवक्ता बिरु किरातीले आपत्ति जनाएका छन् । नागरिक दैनिक