Trending :
 

मोदिलाई पाकिस्तानको निम्तो, फैजल भन्छन् — एकाएक सम्बन्ध सुधार हुन सक्दैन

मंसिर १२,२०७५

-

मंसिर १२, २०७५ इस्लामवाद ।
 
पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ ।
 
सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो । 
 
भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो । 
 
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजले मोदीलाई  निम्ता गरिने जानकारी दिए । 
 
सार्क सम्मेलन जसरी पनि सफल बनाउने उनले बताए । 
 
यद्यपि भारतसँगको सम्बन्ध नाटकीय रुपमा सुधार हुन नसक्ने फैजलको भनाई छ । हामीले भारतसँग युद्ध लडेका छौँ । एकाएक सम्बन्ध सुधार हुन सक्दैन, समय लाग्छ, उनले भने । हरेक दुई बर्षमा आयोजना हुने सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो । अन्न्पूर्ण पोस्ट