Trending :
 

फोरममा विवादः असोज ३ लाई कालो दिनु मान्ने कि नमान्ने ?

मंसिर १३,२०७५

-

 
मंसिर १३, २०७५ काठमाडौं ।
 
संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ । 
 
संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो । 
 
पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषया प्रवेश भएपछि विवाद भएको हो । 
 
विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । 
 
विवाद कार्यसम्पादनको बैठकदेखि केन्द्रीय समितिसम्म पुग्ने भएको छ । 
 
२ देखि ५ मंसिरमा भएको फोरमको कार्यसम्पादन बैठकमा केन्द्रीय उपाध्यक्ष यादवविरुद्ध केही पदाधिकारीले प्रश्न उठाएका थिए । 
 
प्रश्न उठेपछि यादवले राजीनामा दिए पनि स्वीकृत भने भएन । नयाँ पत्रिका