Trending :
 

कांग्रेसका जिल्ला सभापतिहरू ककनीमा

मंसिर १३,२०७५

-

 
 मंसिर १३, २०७५ नुवाकोट । 
 
कांग्रेसको नयाँ विधान मस्यौदामाथि छलफल गर्न जिल्ला सभापतिहरू नुवाकोटको ककनीमा भेला भएका छन् ।
 
बुधबार सुरु भएको दुईदिने भेला प्रस्तावित विधान मस्यौदामाथि केन्द्रित हुने नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
 
जिल्ला सभापतिहरूकै पहलमा भेला भएको उनले जनाए । ‘विधानमाथि छलफल गर्न विशुद्ध सभापतिहरूको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न’ उनले भने ।
 
विधान मस्यौदामा उल्लेखित संगठनात्मकलगायत विभिन्न विषयमा संशोधनका लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको केसीको भनाइ छ । नयाँ पत्रिका