Trending :
 

अब मदिरा किन्ने र पिउने अपराह्रन ४ बजेपछि मात्र

मंसिर १३,२०७५

-

 मंसिर १३, २०७५ काठमाडौं । 
 
सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । 
 
गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । 
 
शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो । 
 
अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा खरिद गर्न पाउनेछन् । 
 
विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागजपत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् । तर, कारोबार जतिवेला पनि गर्न छुट हुनेछैन । 
 
अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ । 
 
होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ । नयाँ पत्रिका