Trending :
 

नक्कली सुन किनबेचमा प्रहरी हवल्दार

मंसिर १४,२०७५

-

 
 मंसिर १४, २०७५ काठमाडौँ । 
स्थान : बल्खु चोक, समय : मंसिर ११ गते ११ बजे ।
तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ठाने र चेकजाँच गर्न थाले । 
 
सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरुको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो ।
 
त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको रकम बाँडफाँट गर्ने काममा २ प्रहरी हवल्दारसमेत संलग्न भएको रहस्य खुल्यो । 
 
 
कान्तिपुर दैनिक