Trending :
 

एसिया प्यासिफिक समिटः क्रिस्चियन समुदायको पनि विरोध

मंसिर १७,२०७५

-

 
 मंसिर १७, २०७५ काठमाडौं ।
 
युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् । 
 
आफुलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ । 
 
नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै विरोध भएको छ । 
 
ढोकाढोकामा बाईबल बाँड्ने यिनीहरुजस्ताले क्रिस्चियन धर्मको बदनामा गरेका छन्, हाम्रो धर्मले यस्तो सिकाउँदैन, अजाप्पे चर्चका पास्टर बुद्ध घिसिङले भने । नयाँ पत्रिका