Trending :
 

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

मंसिर २०,२०७५

-

 
 मंसिर २०, २०७५ नयाँदिल्ली ।
 
नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । 
उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । 
 
स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । 
नेपाली महिलाको अवस्था पनि अज्ञात छ । 
 
आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । 
 
चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ । कान्तिपुर दैनिक