Trending :
 

ठमेलबाट बालकसहित पक्राउ परेका एक विदेशीलाई ७ बर्ष कैद

मंसिर २०,२०७५

-

 
 मंसिर २०, २०७५ काठमाडौं ।
 
बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । 
 
उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए । 
 
बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए । 
 
ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गतै पिटविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो । कान्तिपुर दैनिक