Trending :
 

सेनामा सानालाई ऐन, ठूलालाई चैनः पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

मंसिर २४,२०७५

-

 
 मंसिर २४, २०७५ काठमाडौँ ।
 
नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला  र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ ।  
 
तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभिध रहेको हो ।
 
नेपाली सेनाले कही दिनअघिमात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिब साढे ३ करोग बिगो उठाउने निर्णय भएको थियो । कोर्ट इन्क्वायरीको सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत ९कोर्ट मार्सल० मार्फत गरिएको कारबाहीमा पनि ठूला र पहुँचवालालाई जागाइएको पाइएको हो । राजधानी दैंनिक